०५ साउन २०८३, मंगलबार

स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाए, एक हप्तापछिको निर्णयले भूकम्प आउला– प्रमुख निर्वाचन आयुक्त

कात्तिक ४, २०७९
स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाए, एक हप्तापछिको निर्णयले भूकम्प आउला– प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई स्पष्टीकरण सोध्दा उनीहरूले कोकोहोलो मच्चाएको बताएका छन् । 

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रति लक्षित गर्दै स्पष्टीकरण सोधिएको विषयमा उम्मेदवारहरूले कोकोहोलो मच्चाएको देख्दा अचम्म लागेको बताएका हुन् ।

आज विराटनगरमा प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले भने,'स्पष्टीकरण सोध्दा नै यस्तो भएको छ भने अब हप्ता दिन पछिको निर्णयले भूकम्प ल्याउँछ ।'

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आचारसंहिता विपरीत चुनावी  प्रचार गरेको भन्दै  आयोगले बिहीवार कारबाही गर्न रौतहट प्रहरीलाई पत्र पठाएको थियो ।

आचारसंहिता उल्लंघन गरेको आयोग टुलुटुलु हेरेर नबस्ने  समेत उनले बताए ।

'अहिले नै आयोगले कसैलाई कारबाही गरेको छैन,' उनले भने,'माकुराको जालोमा झिँगा पस्न शुरू भएको छ, अब निस्कियो भने बच्यो, निस्किएन भने सकियो ।'
 

salt training

कमेन्ट गर्नुहोस्