१८ असार २०८३, बिहीबार

पाकिस्तान : निर्वाचन आयोगले लगायो इमरान खानमाथि ५ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध

कात्तिक ४, २०७९
पाकिस्तान : निर्वाचन आयोगले लगायो इमरान खानमाथि ५ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध

पाकिस्तानको निर्वाचन आयोगले पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानलाई पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ । 

तोषाखानाका विषयमा गलत दाखिला गरेको भन्दै धारा ६३(१)(पी) अन्तर्गत खानलाई निर्वाचन लड्न अयोग्य घोषित गरिएको हो । 

आयोगका प्रमुख आयुक्त सिकन्दर सुल्तान राजाको अध्यक्षतामा बसेको पाँच सदस्यीय इजलासले इस्लामाबादमा शुक्रवार यो घोषणा गरेको हो । 

यो सर्वसम्मत निर्णय हो । तर पञ्जाबका सदस्य आजको घोषणामा उपस्थित थिएनन् । 

फैसलाअनुसार, इमरानले गलत दाखिला गरेकोमा फौजदारी प्रक्रिया अघि बढाइनेछ । 

इमरानले तोषाखाना अर्थात् सरकारले पाउने उपहारको विवरण तथा तिनको बिक्रीबाट उठेको रकमका बारेमा नबताएको भन्दै बहालवाला सरकारले उनीविरुद्ध उजुरी दर्ता गरेको थियो । 

इमरान खानको लोकप्रियताबाट आत्तिएको सरकारले उनलाई चुनावी प्रतिस्पर्धाबाट बाहिर राख्न निर्वाचन आयोगको दुरुपयोग गरेको आरोप पीटीआई दलले लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्