अमेरिकाको न्युयोर्क शहरमा सन् २०२३ देखि दीपावलीमा विद्यालयहरूमा सार्वजनिक बिदा दिइने भएको छ ।
न्युयोर्क शहरका मेयर एरिक एडम्सले यस महत्त्वपूर्ण निर्णयले शहरमा समावेशिताको सन्देश दिएको बताए । यो निर्णय लामो समयदेखिको विचारमन्थनपछि लिइएको उनले बताए । प्रकाश र उज्यालोको पर्वका बारेमा जान्न बालबालिकालाई यसले प्रेरित गर्ने एडम्सको भनाइ छ ।
भारतीय हिन्दू समुदायले लामो समयदेखि छुट्टी मागिरहेको थियो ।