०७ असार २०८३, आइतबार

नेपालका लागि अमेरिकी राजदूत थमसनले बुझाए ओहदाको प्रमाणपत्र

कात्तिक ४, २०७९
नेपालका लागि अमेरिकी राजदूत थमसनले बुझाए ओहदाको प्रमाणपत्र

नेपालका लागि अमेरिकी राजदूत डिन आर थमसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । शुक्रवार उनले राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।  

ओहदाको प्रमाणपत्र पेश गरेपछि अमेरिकी राजदूत थमसनले नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताएका छन् । उनले नेपाल र अमेरिकाबीच ७५ वर्ष पुरानो सम्बन्ध रहेको र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्