×

ढलिसकेको राजतन्त्रलाई बोकेर हिँड्नेहरूका दिन गइसके– सिटौला

कात्तिक ४, २०७९

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एक भएर लाग्नुपर्ने समय आएको बताएका छन् ।

लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई पटक/पटक ध्वस्त पार्ने काम भएकाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जुट्ने समय आएको उनको भनाइ छ ।


Advertisment

झापाको बाह्रदशी–५ स्थित ‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’ले आज आयोजना गरेको प्रदेश प्रखण्डस्तरीय अन्तर मावि कविता प्रतियोगिता एवं पुस्तक विमोचन समारोहमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलाले संविधानको मर्म विपरीत हिँड्ने जो कोही निर्वाचनपछि आफैँ पाखा लाग्ने बताए ।


Advertisment

“हामी निर्वाचनको सम्मुखमा छौँ”, नेता सिटौलाले भने, “पटकपटक संविधान भङ्ग गर्न खोज्नेहरूलाई जनताले नजिकबाट नियालिरहेका छन् । यस पटकको निर्वाचनमा त्यसको परिणाम उनीहरूले आफैँ भोग्नेछन्, तपाइँ हामीले केही भनिरहनु पर्दैन ।”

नेता सिटौलाले ढलिसकेको राजतन्त्रलाई बोकेर हिँड्नेहरूका दिन गइसके भन्दै त्यस्तालाई कसरी बोकेर हिँड्न सक्या होला भनि टिप्पणी गरे । “ढलिसकेको राजतन्त्र पुनः स्थापित गराउँछु भन्दै हिँड्नु र मरिसकेको मानिसलाई पुनः जीवित बनाउँछु भन्नु उस्तै होइन”, उनले भने, “अहिले पनि हटिसकेको राजसंस्था पुनःस्थापित गराउने भन्दै हिँड्नेहरू तपाइँ हामी कहाँँ आउन सक्छन्, भम्रमा नपर्नु होला ।”

फरक÷फरक आस्था र विचार राख्ने हामी सबैलाई स्रष्टा र सृजनाले एकै ठाउँमा बाँध्न सक्ने भएकाले राजनीतिभन्दा साहित्य धेरै शक्तिशाली भएको नेता सिटौलाको भनाइ थियो । 
 

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x