
नेकपा एमालेबाट विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय नेता मूल पार्टीमै फर्किएका छन् ।
नेकपा एसकी केन्द्रीय सदस्य तथा महालक्ष्मी नगरपालिका पूर्वउपमेयर निर्मला थापा र नेकपा एसको बुद्धिजीवी परिषद केन्द्रीय सदस्य अशोक थापा एमाले प्रवेश गरेका हुन् । उनीहरूलाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गरेका छन् ।