१२ असार २०८३, शुक्रबार

तिनाउ नदीले बगाउँदा एक बालकको मृत्यु

कात्तिक ६, २०७९
तिनाउ नदीले बगाउँदा एक बालकको मृत्यु
सांकेतिक तस्वीर

तिनाउ नदीले बगाउँदा ३ वर्षीय बालकको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ का खेमबहादुर सारुका ३ वर्षीय छोरा मायुस सारुको तिनाउ नदीले बगाउँदा आइतवार ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आइतवार दिउँसो दिदीभाइ नदीमा नुहाउन गएकोमा बालकलाई नदीले बगाएर डेढ किलोमिटर तल पुर्‍याएको थियो । 

अचेत अवस्थामा फेला परेका बालकलाई उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्