२५ असार २०८३, बिहीबार

कांग्रेसको संकल्पपत्र भोलि सार्वजनिक गरिने

कात्तिक ६, २०७९
कांग्रेसको संकल्पपत्र भोलि सार्वजनिक गरिने

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीको संकल्पपत्र भोलि (कात्तिक ७ गते) सार्वजनिक गर्ने भएको छ । 

यसअघि संकल्पपत्र आज (आइतवार) साँझ सार्वजनिक गरिने भनिए पनि काठमाडौं उपत्यकाबाहिर रहेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा आउन ढिलाइ हुने भएपछि भोलि बिहान १०ः३० का लागि सो कार्यक्रम तय गरिएको पार्टी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा संकल्पपत्र एक कार्यक्रमबीच सार्वजनिक गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्