
२५ वर्षदेखि देउसी भैलोमार्फत राजनीतिक विकृतिमाथि प्रहार गर्दै आएको सिस्नुपानी नेपालले यसवर्ष पनि बेजोड देउसी भैलो तयार गरेको छ । प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सिस्नुपानीले शनिवार प्रतिष्ठानकै सभाकक्षमा देउसी भैलो रेकर्ड गराएको हो ।
राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको देउसी भैलो कार्यक्रम सोमवार युट्युबबाट सार्वजनिक गर्ने सिस्नुपानीले जनाएको छ । यसपटकको देउसी भैलोमा सिस्नुपानीले गठबन्धन गरेका दलप्रति कठोर प्रहार गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सबैप्रति व्यंग्य गरिएको छ ।
एमाले अध्यक्ष केपी ओली समेत उपस्थित कार्यक्रममा उनीप्रति कयौँ व्यंग्य गरिएको छ । पार्टीका नेता भीम रावल र घनश्याम भुसाललाई टिकट नदिइएको प्रति व्यग्य गरिएको छ ।
यस्तो छ, देउसी भैलोको एउटा अंश
हाम्रो देशको दुई तिहाइ एउटै दाइले खसाउँछन्
फेरि दुई तिहाइ भन्दै दाइले हँसाउँछन् ।
कोरोनामा के के खाको हाम्ले पनि सुन्या हम
हाच्छ्यू साच्छयूँ गरेर कान थुन्या हम्
ओलीसँग मधेशी, हैन रैछन् ठुस्केका
दुई क्विन्टलको माला लाउँदा झण्डै खुस्केका ।
राम्रा पाखा हाम्रा काखा गर्न कसले सिकायो
प्रभुलाई काँधमा बोक्दा काँधै भिजायो ।
कमल थापा कमरेडलाई बार्दलीमा बसाको
भीम रावल र घनश्यामलाई डाँडा कटाको ।