०७ असार २०८३, आइतबार

कस्तो रहला आजको मौसम ?

कात्तिक ७, २०७९
कस्तो रहला आजको मौसम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

साथै, पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र “सित्रङ्ग” को अप्रत्यक्ष आंशिक प्रभाव रहेको मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमवार बिहान प्रदेश १  र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

सोमवार दिउँसो  प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

सोमवार राति प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  

कमेन्ट गर्नुहोस्