२२ असार २०८३, सोमबार

नियम उल्लङ्घन गर्ने दश हजार भन्दा बढी सवारीसाधन कारबाहीमा

कात्तिक ७, २०७९
नियम उल्लङ्घन गर्ने दश हजार भन्दा बढी सवारीसाधन कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तीन महिनाको अवधिमा नियम उल्लङ्घन गर्ने दश हजार बढीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा ट्राफिक प्रहरीले १० हजार एक सय ५३ लाई कारबाही गरेको हो । 

सबैभन्दा बढी गत भदौ महिनामा तीन हजार आठ सय १८ सवारी साधनलाई कारबाही गरिएको छ । 

यस्तै साउन महिनामा तीन हजार चार सय सय ७० र असोज महिनामा दुई हजार आठ सय सय ६५ लाई कारबाही गरिएको छ । यो अवधिमा रु ८७ लाख पाँच सय राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए । 
    
उनले जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति थप गरिएसँगै चेकजाँचलाई तीव्रता दिइएको बताए । वैशाखसम्म ५२ जना ट्राफिक प्रहरी रहेकोमा अहिले थप गरेर ८२ जना पु¥याइएको छ । अहिले मुख्य सहरी क्षेत्रका हरेक चोकमा दुई÷दुई जना ट्राफिक प्रहरी परिचालन गरिएको उनले जानकारी दिए। 

यस्तै चाडपर्व लक्षित ट्राफिक प्रहरी परिचालन गरेर नागरिकलाई सहजता प्रदान गरिएको उनको भनाइ छ । तीन महिनाको अवधिमा महिनामा जिल्लामा भएका दुर्घटनामा २२ जनाको मृत्यु र दुई सय १७  घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय चितवनमा ठूला दुर्घटनामा कमी आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्