
रोबर्ट लेवान्डोस्कीले गोल गर्ने क्रमलाई निरन्तरता दिएको खेलमा बार्सिलोनाले ला लिगा फुटबलमा सहज जित निकालेको छ ।
आइतवार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको विल्बाओलाई ४–० गोल अन्तरले हराएको हो ।
लेवान्डोस्कीले ला लिगाका ११ खेलमा १२ गोल गरेका छन् । उनले बार्सिलोनाको जितमा तेस्रो गोल गरेका थिए । उसमान डेम्बेलेको पासमा उनले तेस्रो गोल थपेका थिए ।
बार्सिलोना जीत सहित २८ अंक लिएर तालिकोको दोस्रो स्थानमा यथावत छ । उसको शीर्ष स्थानको रियल मड्रिडसँग तीन अंकले मात्र दुरी कम छ ।