कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
कात्तिक ७, २०७९
भावी प्रधानमन्त्रीका दाबेदार पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन– ३ छाडेर गोरखा पुगेपछि चितवनका बाँकी २ निर्वाचन क्षेत्रमा पनि राजनीतिक सरगर्मी बढेको छ ।
मूलधारका स्थापित दललाई धक्का दिन भन्दै सञ्चार कर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेको उम्मेदवारीका कारण चितवन– २ चर्चामा छ, जहाँ कांग्रेसका नवधनाड्य नेता उमेश श्रेष्ठ उम्मेदवार छन् ।
पूर्वअर्थमन्त्री र अर्थशास्त्री मैदानमा उत्रिएको चितवन– १ पनि उत्तिकै चर्चाको केन्द्रमा छ ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चुनाव जित्दै आएको चितवन– १ मा कांग्रेसनिकट अर्थशास्त्री डा. विश्व पौडेल उम्मेदवार बनेर पुगेका छन् । पौडेल पनि चितवनकै स्थानीय बासिन्दा हुन् ।
भौगोलिक हिसाबले देशको मध्यभागमा रहेको चितवन असोज २३ अघिसम्म राजनीतिको केन्द्रबिन्दुमा थियो ।
‘टुरिष्ट उम्मेदवार’को आरोप लागेपछि बस्ने घर समेत बनाएका प्रचण्ड चितवनबाट टाप कसेपछि चितवनको चुनावी माहोल गोरखा सरेको छ ।
प्रचण्ड चितवनमा उम्मेदवार छँदा राजनीतिक परिस्थिति एउटा थियो भने प्रचण्डले छाडेपछि अर्कै भएको छ । प्रचण्डले छाडेको प्रभाव चितवनका तीनवटै निर्वाचन क्षेत्रमा पर्दैछ ।
चितवन– ३ मा एमाले, कांग्रेसको असन्तुष्ट पक्ष, राप्रपा र रवि लामिछाने सबै मिलेर घेराबन्दी गर्ने सुइँको पाएपछि प्रचण्ड एकाएक गोरखा सरे ।
प्रचण्ड गोरखा सरेसँगै ३ नम्बर क्षेत्रमा तयारी गरिरहेका रविले अपर्झट चितवन– २ रोजे । काठमाडौंमा जन्मे हुर्केका रविले चितवन जाने निर्णय लिनु प्रचण्डसँग चुनाव भिड्ने अभिष्ट नै थियो ।
‘सेनापतिसँगै लडाईं गर्ने’ उनले बताएका थिए । प्रधानमन्त्री भइसकेको एउटा नेतालाई आफूले रोक्ने र बाँकीलाई रोक्न अरू अगाडि सर्नुपर्ने उनको जिकिर थियो ।
तर, रविको लडाईं जिल्लास्तरमा राजनीति गरेर भर्खर केन्द्रीय कमिटीमा पुगेका कृष्णभक्त पोखरेल र आफूजस्तै टुरिष्ट उम्मेदवार उमेश श्रेष्ठसँग हुँदैछ ।
प्रचण्डले छाडेको चितवन– ३ मा एमालेले पार्टीका जिल्ला अध्यक्षको नाम काटेर कांग्रेसका बागी उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।
चितवन– २ र ३ मा भएका राजनीतिक समीकरणको प्रभाव चितवन– १ मा पनि पर्ने निश्चित छ ।
कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालाले जिल्लाका बाँकी २ क्षेत्रमा एमालेलाई सघाउने वचन दिएर क्षेत्र नम्बर ३ मा एमालेको समर्थन लिएका छन् ।
यता भुइँकटहर समूहको नामले चिनिने कांग्रेसको असन्तुष्ट समूहले चितवन– २ मा रवि लामिछानेलाई सघाउन सक्ने चर्चा छ ।
भुइँकटहर समूह भन्नाले स्थानीय तह निर्वाचनमा रेणु दाहालविरुद्ध उम्मेदवारी दिएका जगन्नाथ पौडेल र माओवादीसँग चुनावी तालमेल गर्न नहुने विचार राख्ने कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णप्रसाद सापकोटा लगायतको समूह हो । लगातार दुईवटा स्थानीय तह निर्वाचनमा माओवादीलाई भोट हाल्न परेको भनेर कांग्रेसका कार्यकर्ता आक्रोशित छन् । चितवन ३ मा उम्मेदवारी दिएका पौडेलले सूर्यमुखी चिह्न पाएका छन् ।
चितवन २ र ३ को गञ्जागोलको प्रभाव सुरेन्द्र पाण्डे र विश्व पौडेल भिडेको १ मा पनि पर्ने स्पष्ट संकेत देखिएको छ ।
सुरेन्द्रलाई पार्टी संगठन र यसअघि गरेका कामको आधार
चितवन– १ बाट चुनाव जित्दै आएका सुरेन्द्रले आफ्नो क्षेत्रमा देखिनेगरी केही विकासका काम गरेका छन् । २०६४ सालको संविधानसभा कालखण्डमा माधव नेपाल प्रधानमन्त्री छँदा उनी अर्थमन्त्री बनेका थिए ।
अर्थमन्त्री रहँदा या नरहँदा पनि उनले निर्वाचन क्षेत्रको विकासमा ध्यान दिइरहेका छन् ।
गाउँ–गाउँसम्म कालोपत्रे बाटो, सिंचाइ र खोला नदीमा पुलका आयोजना लगेका छन् । पूर्वी चितवनमा समस्या रहेको रापती र लोथरमा बाँध तथा तटबन्धमार्फत डुबान समस्या समाधान गरेको स्थानीयको भनाइ छ ।
पूर्वी चितवनको समग्र विकासका लागि भरतपुर, टाँडी, खैरहनी, वीरेन्द्रनगर भण्डारा, लोथर, कठार खैरहनी, टिकौली भरतपुर चक्रपथ निर्माणको कामलाई अगाडि बढाएको विषयलाई उनले चुनावी एजेण्डा बनाउँदैछन् ।
धादिङको जोगीमारा हुँदै शक्तिखोर जोड्ने चेपाङ राजमार्ग उनको अवधारणा हो । त्यो सडक निर्माण भएमा पूर्वी चितवन र काठमाडौंको दूरी नजिकिने छ ।
विश्वका लागि चुनावमा पहिलो अनुभव, 'प्यारासुट' उम्मेदवारको आरोप !
स्वर्णिम वाग्ले, राजेन्द्र बुर्लाकोटी जस्ता उम्मेदवारलाई पछि पार्दै विश्व पौडेलले चितवन– १ बाट कांग्रेसको टिकट पाए । कांग्रेसकै अर्का अर्थशास्त्रीलाई पछि पार्दै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका पौडेलले प्रतिनिधिसभाको टिकट पड्काउँदा कांग्रेसका कतिपय नेता जिल्ल भए । प्रधानमन्त्री शेरबहादुर देउवा र देउवापत्नी आरजुको जोडबलमा विश्वले टिकट फुत्काएको कांग्रेस वृत्तमा चर्चा छ ।
माथिबाट भिटो प्रयोग गरेर टिकट पाएका पौडेललाई कांग्रेसकै नेताहरूले ‘प्यारासुट उम्मेदवार’को संज्ञा दिएका छन् । देश विदेशमा अध्ययन गरेपनि भूगोलमा पार्टी राजनीति गरेको अनुभव उनीसँग छैन । गठबन्धनको साझा उम्मेदवार भएकाले उनले चुनाव जित्ने आशा राखेका छन् । परन्तु, गठबन्धनको भोट ट्रान्सफर गर्न उनका लागि चुनौती छ ।
‘काठमाडौंलाई चितवनसँग जोड्ने वैकल्पिक द्रुतमार्गको कार्यक्रम बजेटमा ल्याउन उहाँले नै भूमिका खेल्नुभएको हो,’ नेपाली कांग्रेसका एक नेताले लोकान्तरसँग भने, ‘उहाँले चुनाव जित्न पर्ने धेरै कारण छन्, गठबन्धनको समर्थन छ ।’ गठबन्धनको साझा उम्मेदवार भएपनि सुरेन्द्र जस्तो स्थापित नेतासँग प्रतिस्पर्धा गर्न चुनौती छ ।
पार्टीले टिकट नदिएपछि राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी दिएका थिए । उनले उम्मेदवारी फिर्ता गरेपनि चितवन कांग्रेसमा देखिएको असन्तुष्टि सेलाएको छैन ।
‘पावर र पैसाको भरमा टिकट बेचियो, जिल्ला राजनीति गरेका सबैलाई पाखा लगाएर टुरिष्ट भित्र्याउने काम भयो’ कांग्रेसका असन्तुष्ट ती नेताले आक्रोश पोखे ।
जिल्लामा योगदान गरेका नेताले मेयरदेखि सांसदसम्म टिकटबाट वञ्चित भएकै कारण दिनेश कोइराला जस्ता नेताले स्वतन्त्र उम्मेदवारी दिनुपरेको कांग्रेस नेताहरू गुनासो गर्छन् । चितवन– २ मा उमेश श्रेष्ठले टिकट पाउँदा पनि असन्तुष्टि देखिएको छ ।
यस्तो छ चितवन १ को अंकगणित
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पाण्डेले कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।
पाण्डेले ५१ हजार ८० मत प्राप्त गर्दा कांग्रेसका बुर्लाकोटीले ३५ हजार ३ सय ६० मत प्राप्त गरेका थिए । प्रतिनिधि सभा निर्वाचनमा सुरेन्द्रले पाएकै हाराहारीको भोट एमालेले समानुपातिकमा पनि पाएको थियो ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा वडा तहको भोटको आधारमा चितवन– १ मा नेकपा एमाले पहिलो दल बनेको थियो । एमालेले ३९ हजार ६०६ मत पाउँदा कांग्रेसले ३६ हजार ७८३ मत प्राप्त गरेको थियो ।
गठबन्धनको भोट जोड्दा भने कांग्रेसका उम्मेदवार केही अगाडि हुनेछन् । नेकपा माओवादी केन्द्रले ५ हजार ५०८, राप्रपाले ४ हजार ५९० र नेकपा एकीकृत समाजवादीले ४ हजार ५ मत पाएका छन् ।
स्थानीय तहको प्रतिस्पर्धा र संघीय चुनावको प्रतिष्पर्धा फरक हुने दुबै पक्ष स्वीकार गर्छन् । व्यक्तिगत प्रभाव, उच्च राजनीतिक नेतृत्वसँगको पहुँच र भोलिको दिनमा सरकार बन्ने अवस्थामा मन्त्री बन्ने सम्भावनालाई पनि मतदाताले नियालिरहेका हुन्छन् । पञ्चायतकालदेखि नै जनतासँग रहेकाले सुरेन्द्रले चुनाव जित्ने एमाले नेताहरू दाबी गर्छन् । भिजन भएको व्यक्ति भएकाले विश्वले चुनाव जित्ने कांग्रेसका कार्यकर्ताको विश्वास छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...