०५ साउन २०८३, मंगलबार

गगन थापालाई सिस्नोपानीको व्यंग्य : पासिङ एमसीसी– एस पापा, कटिङ थानकोट– नो पापा !

कात्तिक ७, २०७९
गगन थापालाई सिस्नोपानीको व्यंग्य : पासिङ एमसीसी– एस पापा, कटिङ थानकोट– नो पापा !

देउसी भैलोमार्फत राजनीतिक विकृतिमाथि प्रहार गर्दै आएको सिस्नुपानी नेपालले यसवर्ष पनि राजनीतिक दलका नेतामाथि प्रहार गरेर बेजोड देउसी भैलो तयार गरेको छ । प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सिस्नुपानीले शनिवार प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा देउसी भैलो रेकर्ड गराएको हो । 

राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको देउसी भैलो कार्यक्रम सोमवार युट्युबबाट सार्वजनिक गर्ने सिस्नुपानीले जनाएको छ । देउसीमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति पनि व्यंग्य गरिएको छ । 

अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पारित गर्ने क्रममा नेपालमा अमेरिकी सेना आएमा आफूलाई मुण्डन गरेर थानकोट कटाउन गगन थापाले संसद्मा चुनौती दिएका थिए । 

सिस्नु पानीले गगनको उक्त भनाइलाई लिएर कठोर व्यंग्य गरेको छ । बालबालिकाको रायम्स शैलीमा अंग्रेजीमा गगनमाथि व्यंग्य गरिएको छ, ‘पासिङ एमसीसी– एस पापा, कटिङ थानकोट– नो पापा !’ 

यस्तो छ, देउसी भैलोको एउटा अंश

jony jony  !      – no papa

gagan thapa !   – yes papa

passing MCC ?            – yes papa

cutting thankot ?         – no papa

telling lies ?                 – no papa

open your MASK       – ha ha ha.

salt training

कमेन्ट गर्नुहोस्