
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले अब सोही क्षेत्रको जनताको सेवामा निरन्तर लागिरहने बताइन् । सोमवार शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टीभित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकीर गर्दै सो सन्देश स्थानीय जनतामा पुर्याउन गठबन्धनका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए ।
‘धेरैले यो क्षेत्र छोडेर जाने हो कि भनेर प्रश्न गरेका छन् । मेरो हैसियतले अब भन्ने कुरा के रहन्छ भने मैले यो प्रश्नको जवाफ धेरै पटक दिएको छु, तपाईंसँगै रहन्छु । र, भोलिको मेरो प्रतिबद्धता यहाँकै जनताको सेवामा रहन्छु भन्ने भइसकेपछि तपाईंहरू आम जनताको बीचमा गएर अब तपाईंहरूले यो सन्देश प्रवाह गर्न पार्टीको तर्फबाट, मेरो तर्फबाट अनुरोध मात्रै होइन, अब त निर्देशन हुन्छ म भन्न चाहन्छु’, उनले भनिन्, ‘धेरै प्रसंगहरूमा, धेरै छलफलहरुमा हामीले यो कुरा भनिसकेको हुनाले मैले यो कुरा तपाईंहरूलाई भन्न चाहन्छु । जननिर्वाचित प्रतिनिधिहरूले धेरै कुराको प्रतिबद्धता गरेर आफू निर्वाचित भएको हुन्छ । आज पनि हामीले त्यो प्रतिबद्धता जाहेर गर्दै हिँडेका छौँ । तपार्इं स्थानीय तहका जनप्रतिनिधिहरूले पनि धेरै यस्ता प्रकारका प्रतिबद्धताहरू बाँड्नु भएको छ । त्यो प्रतिबद्धता पूरा गराउनका लागि केन्द्रमा पहुँच पु¥याउने काममा मेरो सक्दो पहल रहनेछ ।’
घर्तीले काठमाडौं क्षेत्र नेम्बर २ का स्थानीय जनप्रतिनिधिहरूले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गराउन पनि आफूले केन्द्रसँग पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । स्थानीय तहका जनप्रतिनिधिहरूले निर्वाचनका बेला गरेको प्रतिबद्धता पूरा गराउन केन्द्रमा पहुँच पु¥याउन आफू समक्ष रहेको उनको भनाइ थियो ।