×

NIC ASIA

ओनसरीको प्रतिबद्धता : अबदेखि निर्वाचन क्षेत्र परिवर्तन गर्दिनँ

कात्तिक ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

Muktinath Bank

काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले अब सोही क्षेत्रको जनताको सेवामा निरन्तर लागिरहने बताइन् । सोमवार शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टीभित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकीर गर्दै सो सन्देश स्थानीय जनतामा पुर्‍याउन गठबन्धनका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘धेरैले यो क्षेत्र छोडेर जाने हो कि भनेर प्रश्न गरेका छन् । मेरो हैसियतले अब भन्ने कुरा के रहन्छ भने मैले यो प्रश्नको जवाफ धेरै पटक दिएको छु, तपाईंसँगै रहन्छु । र, भोलिको मेरो प्रतिबद्धता यहाँकै जनताको सेवामा रहन्छु भन्ने भइसकेपछि तपाईंहरू आम जनताको बीचमा गएर अब तपाईंहरूले यो सन्देश प्रवाह गर्न पार्टीको तर्फबाट, मेरो तर्फबाट अनुरोध मात्रै होइन, अब त निर्देशन हुन्छ म भन्न चाहन्छु’, उनले भनिन्, ‘धेरै प्रसंगहरूमा, धेरै छलफलहरुमा हामीले यो कुरा भनिसकेको हुनाले मैले यो कुरा तपाईंहरूलाई भन्न चाहन्छु । जननिर्वाचित प्रतिनिधिहरूले धेरै कुराको प्रतिबद्धता गरेर आफू निर्वाचित भएको हुन्छ । आज पनि हामीले त्यो प्रतिबद्धता जाहेर गर्दै हिँडेका छौँ । तपार्इं स्थानीय तहका जनप्रतिनिधिहरूले पनि धेरै यस्ता प्रकारका प्रतिबद्धताहरू बाँड्नु भएको छ । त्यो प्रतिबद्धता पूरा गराउनका लागि केन्द्रमा पहुँच पु¥याउने काममा मेरो सक्दो पहल रहनेछ ।’


Advertisment
Nabil box
Kumari

घर्तीले काठमाडौं क्षेत्र नेम्बर २ का स्थानीय जनप्रतिनिधिहरूले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गराउन पनि आफूले केन्द्रसँग पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । स्थानीय तहका जनप्रतिनिधिहरूले निर्वाचनका बेला गरेको प्रतिबद्धता पूरा गराउन केन्द्रमा पहुँच पु¥याउन आफू समक्ष रहेको उनको भनाइ थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x