
नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढाल्ने मुख्य योजनाकार दृगनारायण पाण्डे पुनः एमालेमै फर्किएका छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता भंग भएपछि पार्टी परित्याग गरेर राष्ट्रिय सभा सदस्य निर्वाचित भएका उनी सोमवार पुनः एमालेमै फर्किएका हुन् ।
एमालेबाट तत्कालीन लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेका पाण्डे एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गरेका उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनले सोमवार पुनः एमालेमै फर्कने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनले पार्टी परित्याग गरेको घटनालाई जीवनकै सर्वाधिक गम्भीर पाठका रुपमा ग्रहण गरेको उल्लेख गरेका छन् ।
