०५ साउन २०८३, मंगलबार

परिवर्तन विरोधीलाई निर्वाचनबाटै पराजित गर्नुपर्छ : मन्त्री भुसाल

कात्तिक ७, २०७९
परिवर्तन विरोधीलाई निर्वाचनबाटै पराजित गर्नुपर्छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजानुपर्ने बताएकी छन् । मगर समाज सेवा केन्द्र ललितपुरले आज आयोजना गरेको ‘देउसी भैलो’ कार्यक्रममा उनले संविधानको रक्षा गर्दै यसको पूर्ण कार्यान्वयनमा जानुपर्ने बताइन् । 

“संविधानले उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई अधिकार दिएको छ । संविधानको रक्षा गर्दै आर्थिक सामाजिक विकासमा लाग्नुपर्छ”, प्रतिनिधिसभा ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले भनिन् । 

संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षधरको वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनमा विजयी गराएर परिवर्तनलाई संस्थागत गराउनुपर्ने उनको भनाइ थियो । 

मन्त्री भुसालले मुलुकमा दिगो शान्ति, परिवर्तनलाई संस्थागत र आर्थिक सामाजिक विकास गर्न तथा सुदृढ राजनीतिक स्थिरताका लागि आसन्न निर्वाचनमा विवेक प्रयोग गर्न आममतदातामा आग्रह गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्