०९ साउन २०८३, शनिबार

पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण

कात्तिक ७, २०७९
पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण

पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण भएको छ । गत भदौमा आगोमा पोलिएका बिरामीको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको हो । बुलिङटार–४ सिंचाङका ५१ वर्षीय  तुलबहादुर सार्कीको  आगोमा परेर  पोलिएको दाहिने हातको निःशुल्क छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा अर्चन घिमिरेले बताए ।

पहाडी भेगका विपन्न समुदायका बिरामीको शल्यक्रिया भएपछि परिवारमा खुसी छाएको छ । उनकी श्रीमती पदमकुमारी सार्कीले भनिन्, “हामीलाई त पोलेको घाउ कसरी सञ्चो होला भनेको त छालासमेत राम्रो हुन्छभन्दा खुसी छौँ, अस्पतालबाट गाउँ जाँदा सबै खुसी हुन्छन् होला ।”  
 
हातको  कुहिनो ( एल्बो) एरियामा पोलेको थियो विकट पहाडी बुलिङटार गाउँका अति विपन्न समुदायका व्यक्ति भएकाले अस्पतालको सामाजिक सेवा इकाइमार्फत उहाँको सम्पूर्ण खर्च निःशुल्क हुने गरी उपचार गरिएको सर्जन घिमिरेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्