१५ असार २०८३, सोमबार

पशु बीमामा किसानको आकर्षण

कात्तिक ८, २०७९
पशु बीमामा किसानको आकर्षण
प्रतीकात्मक तस्वीर

भोजपुरका किसान पशु बीमामा आकर्षित हुन थालेका छन् । कुनै कारणले पशुचौपाया मरे भने बीमामार्फत् त्यसको क्षतिपूर्ति पाइने भएपछि किसानहरू बीमामा आकर्षित हुन थालेका हुन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष तिवारीले पशु बीमाप्रति किसान आकर्षित भएको र किसानलाई राहत मिलेको समेत बताए ।

२०६० माघ १ गतेदेखि लागू हुने गरी बीमा ऐन, २०४९ को दफा ८(घ२) अनुसार कृषि विकास मन्त्रालय र बीमा समितिको पहलमा बाली तथा पशुपंक्षी बीमा निर्देशन, २०६९ जारी भई बाली, तरकारी खेती, फलफूल खेती, आलु खेती, पशुधन, पंक्षी र माछालगायत बाली तथा पशु बीमा शुरू भएको हो । 

कृषकहरूले अभिकर्ताको सहयोगमा उल्लेखित बाली, पशुपंक्षी तथा माछापालन बीमालेखमा तोकिएको शर्त बमोजिम निर्धारित प्रस्ताव फारम भरी आफ्नो व्यवसायको बीमा गराउन सक्छन् ।

मासु, दुध तथा अण्डाको प्रयोजनका लागि पालिने गाईवस्तुको सुरक्षाको अनुभुति हुने भएकाले पशु बीमाप्रति कृषकहरूको आकर्षण बढेको छ । रोग, आगलागी, चट्या¨, भूकम्प, बाढी, पहिरो जस्ता दैवी प्रकोपले कृषि पशुपालन व्यवसायमा लगानी डुब्ने खतराबाट सुरक्षित रहन सकिने भएपछि पछिल्लो समय बीमा गराउने किसानको संख्या दिन प्रतिदिन बढेको लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख तिवारीले बताए ।

बीमाले आफू जस्ता पशुपालक किसानका लागि पशु सुरक्षा र सुविधाको प्रत्याभुति गराएको भोजपुर नगरपालिकाकी राधा बिश्वकर्मा बताउँछिन् । बाख्राको बीमा गराएकी विश्वकर्माले पनि बाख्रा मरेपछि बीमा रकम लिइसकेकी छन् । यस्तै किसान कुसुम खड्काले पनि पशु बीमा जिल्लामा प्रभावकारी भएको बताइन् ।

पशुको वास्तविक विवरण दक्ष प्राविधिकबाट पुष्टि भएपछि मात्र बीमा गर्न पाउने प्रावधान छ । 

पशु बीमा गराउन भोजपुर जिल्लाका ९ वटै स्थानीय तहका वडामा कृषि र पशु प्राविधिकहरू सञ्चालन गरिएको लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख तिवारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्