
पाकिस्तान सरकारले पोलियो खोपका विरुद्धमा देशव्यापी अभियान सञ्चालन गरेको जनाएको छ ।
सोमवारबाट पाकिस्तान देशभर अभियान शुरू गरिएको बताइएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पाकिस्तानमा पोलियोको प्रकोप देखिएकाले पोलियो उन्मूलनका लागि देशव्यापी खोप अभियान शुरू गरिएको बताइएको छ ।
यो १ हप्ता लामो अभियान भएको बताइएको छ । सो अभियान सोमवारबाट शुरू गरिएको हो ।
सोमवार पाकिस्तानी स्वास्थ्यमन्त्री अब्दुल क्वादिर पटेलले अभियानको शुरूआत गरेका हुन् ।
अभियानअनुसार पाकिस्तानका ५ वर्षमुनिका सबै बालबालिकालाई पोलियो विरुद्धको खोप दिइने छ ।
यो अभियान पाकिस्तानका दशौं लाख बालबालिकासम्म पुग्ने मन्त्री क्वादिरले बताए । उनले देशबाट पोलियो उन्मूलन गर्ने यो ठूलो अभियान भएकाले यसका लागि सहयोग गर्न यहाँका सबै अभिभावकलाई आग्रह गरेका छन् ।
अभियानमा खैबर पाक्थुन्क्वा प्रान्तका बालबालिकालाई विशेष ध्यान दिइने छ । उनीहरूलाई घरघरैमा पुगेर पनि खोप लगाउन भनिएको छ । पाकिस्तानमा यो वर्ष २० जना बालबालिकामा पोलियोको संक्रमण भेटिएको छ । यहाँको विशेषगरी खैबरका बालबालिकामा बढी मात्रामा पोलियो देखिएको बताइएको छ ।