०२ साउन २०८३, शनिबार

निर्वाचनका लागि कांग्रेस र एमाले नेतृत्वमा बनेका दुवै गठबन्धन गलत : बिजुक्छे

कात्तिक ८, २०७९
निर्वाचनका लागि कांग्रेस र एमाले नेतृत्वमा बनेका दुवै गठबन्धन गलत : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनलाई लक्षित दुवै गठबन्धन गलत भएको बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा निर्वाचनलाई लक्षित गरी बनेका दुवै गठबन्धनले मुलुकको हित नगर्ने उनले दाबी गरे । 

मंगलवार पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा बिजुक्छेले, आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित निष्कर्षसहित एक्लै निर्वाचनमा होमिएको बताए । उनले गठबन्धनमा मिसिने कुरालाई फोहोर पानीमा नुहाएर सफा हुन नसकिने भनी टिप्पणी गरे । 

बिजुक्छेले गठबन्धनका दलहरूको झुठा कुरा गरेर, जात, क्षेत्रको कुरा गरेर र लोभ लालच देखाएर भए पनि मत लिने मात्रै भएको बताए । मत पाएपछि पुनः सरकारमा गएर गलत सन्धि सम्झौताहरू गर्ने उद्देश्य दुवै गठबन्धनका दलहरूको रहेको उनको आरोप छ । 

‘हामी निर्वाचनमा दुई, चार सिट बढी ल्याउने उद्देश्य भन्दा पनि यसलाई जनताको बीचमा, हामीले हाम्रो देशको परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा जानकारी गराउनको निम्ति चुनावलाई प्रयोग गर्दैछौँ । यदी हामीहरू उनीहरूसँगै भएको भएदेखि फोहोर पानीमा नुहाएर हामी सफा हुनसक्छौँ भन्ने कल्पना गर्न सक्दैनौँ । यदी हामीहरू तिनीहरूको दुईवटा समूहमध्ये कुनै पनि समूहमा गए पनि कुरो एउटै भएको हुनाले त्यो गलत सावित हुने भएको हुनाले हामीले त्यो काम रोजेनौँ’, बिजुक्छेले भने, ‘दोस्रो कुरा सरकारमा जाने दुईवटै दलले ठूलाठूला समूहले वास्तवमा आ–आफू सरकारमा बस्दाखेरी के राम्रो के नराम्रो काम गरेको त्यो सबै कुरो जनताको सामुन्ने भन्ने । अहिलेको समयमा तिनीहरूले भन्न गइरहेका छैनन् । यो घोषणापत्रमा ती कुराहरूको समीक्षा हुन्छ । त्यो समीक्षा आउनुपर्ने भएको हुनाले, आउनसाथै यसमा समीक्षा छैन भनेर जनताले आवाज उठाउने सम्भावना धेरै थियो । त्यसकारणले तिनीहरूले जे गरेर पनि झुठा कुरा गरेर, जातको कुरा गरेर, क्षेत्रको कुरा गरेर, पैसा दिएर, लोभ लालच देखाएर भएपनि मत लिने र सरकारमा जाने र फेरि गलत सन्धि सम्झौताहरू गर्ने । देशलाई डुबाउने । त्यो उद्देश्य हो तिनीहरूको ।’

salt training

कमेन्ट गर्नुहोस्