×

NMB BANK
NIC ASIA

निर्वाचनका लागि कांग्रेस र एमाले नेतृत्वमा बनेका दुवै गठबन्धन गलत : बिजुक्छे

कात्तिक ८, २०७९

NTC
Premier Steels

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनलाई लक्षित दुवै गठबन्धन गलत भएको बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा निर्वाचनलाई लक्षित गरी बनेका दुवै गठबन्धनले मुलुकको हित नगर्ने उनले दाबी गरे । 

Muktinath Bank

मंगलवार पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा बिजुक्छेले, आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित निष्कर्षसहित एक्लै निर्वाचनमा होमिएको बताए । उनले गठबन्धनमा मिसिने कुरालाई फोहोर पानीमा नुहाएर सफा हुन नसकिने भनी टिप्पणी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिजुक्छेले गठबन्धनका दलहरूको झुठा कुरा गरेर, जात, क्षेत्रको कुरा गरेर र लोभ लालच देखाएर भए पनि मत लिने मात्रै भएको बताए । मत पाएपछि पुनः सरकारमा गएर गलत सन्धि सम्झौताहरू गर्ने उद्देश्य दुवै गठबन्धनका दलहरूको रहेको उनको आरोप छ । 


Advertisment
Nabil box
Kumari

‘हामी निर्वाचनमा दुई, चार सिट बढी ल्याउने उद्देश्य भन्दा पनि यसलाई जनताको बीचमा, हामीले हाम्रो देशको परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा जानकारी गराउनको निम्ति चुनावलाई प्रयोग गर्दैछौँ । यदी हामीहरू उनीहरूसँगै भएको भएदेखि फोहोर पानीमा नुहाएर हामी सफा हुनसक्छौँ भन्ने कल्पना गर्न सक्दैनौँ । यदी हामीहरू तिनीहरूको दुईवटा समूहमध्ये कुनै पनि समूहमा गए पनि कुरो एउटै भएको हुनाले त्यो गलत सावित हुने भएको हुनाले हामीले त्यो काम रोजेनौँ’, बिजुक्छेले भने, ‘दोस्रो कुरा सरकारमा जाने दुईवटै दलले ठूलाठूला समूहले वास्तवमा आ–आफू सरकारमा बस्दाखेरी के राम्रो के नराम्रो काम गरेको त्यो सबै कुरो जनताको सामुन्ने भन्ने । अहिलेको समयमा तिनीहरूले भन्न गइरहेका छैनन् । यो घोषणापत्रमा ती कुराहरूको समीक्षा हुन्छ । त्यो समीक्षा आउनुपर्ने भएको हुनाले, आउनसाथै यसमा समीक्षा छैन भनेर जनताले आवाज उठाउने सम्भावना धेरै थियो । त्यसकारणले तिनीहरूले जे गरेर पनि झुठा कुरा गरेर, जातको कुरा गरेर, क्षेत्रको कुरा गरेर, पैसा दिएर, लोभ लालच देखाएर भएपनि मत लिने र सरकारमा जाने र फेरि गलत सन्धि सम्झौताहरू गर्ने । देशलाई डुबाउने । त्यो उद्देश्य हो तिनीहरूको ।’

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x