२४ जेठ २०८३, आइतबार

कस्तो रहला आज दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

कात्तिक ९, २०७९
कस्तो रहला आज दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ  ।

बुधवार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बुधवार दिउँसो प्रदेश नं १ ,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  

प्रदेश नं १, बागमती  र गण्डकी प्रदेशका थोरै  स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

बुधवार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रहनेछ ।  

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


 

salt training

कमेन्ट गर्नुहोस्