२८ जेठ २०८३, बिहीबार

१ हजार ८८६ सवारी चालक कारबाहीमा

कात्तिक ९, २०७९
१ हजार  ८८६ सवारी चालक कारबाहीमा
फाइल तस्वीर

काठमाडौं उपत्यकामा सडक नियम पालना नगर्ने विभिन्न सवारी साधनका १ हजार ८८६ चालक कारबाहीमा परेका छन् । 

मंगलवार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, लेन मिच्ने लगायतका गतिविधि गर्ने ती चालकहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

मंगलवारमात्रै मादक पदार्थ सेवन गरेर सवारी चलाउने २९३ चालक कारबाहीमा परेका छन् । 

यस्तै लेन मिच्ने १५ जना, रेड लाइटमा नरोकिने २५ जना, निशेधित क्षेत्रमा हर्न बजाउने ४४ जना, अन्य १ हजार ४४२ जना र नम्बर प्लेट तोडमोड तथा अष्पष्ट भएकाहरू ६७ जना कारबाहीमा परेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्