पुस २३, २०७९
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री भएर आएपछि संस्थानको व्यवस्थापन फेरियो । लमजुङतिरका ल्याङल्याङे कांग्रेसी सज्जनलाई विस्थापित गरी माओवादी निकटका क्रान्तिकारी सज्जन कार्यकारी प्रमुख भएर आए । ...
‘दिनहीन र दुःखीको सेवा गर्नु सधैँभरि
उद्देश्य लिनु भन्दैथ्यौँ चन्द्र छुनु कसैगरि...’
स्रष्टा रामचन्द्र शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यसरी सम्झिए । महाकविमा समर्पित ‘लक्ष्मी’ कवितामा शर्मा अघि थप्छन् –
‘पुण्य आत्मा भयो हाम्रा श्वेतगिरि हिमालझैँ
टल्किने चन्द्रको कान्ति मनभित्र सुवास भई...’
कवि शर्माले अनुष्टुप छन्दको उक्त कविता विद्यामन्दिर पुस्तकालयको प्रेक्षालयमा सुनाउँदै थिए ।
महाकवि देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा पुस्तकालयले यहाँका कवि, लेखकलाई जुटाएको थियो ।
स्रष्टा भीमप्रसाद शर्माले आफ्नो रचनामा महाकवि देवकोटालाई ‘नेपालका रवि’को उपमा दिए ।
‘हिमालसरि अटल बन्यौ साहित्यका तारा
समाजलाई सुनै भए तिम्रा कृति सारा
महान कामले भएका छौ तिमी महाकवि
अन्धकारै हटाइदिने नेपालकै रवि...’
समाजका खराब प्रवृत्तिप्रति कटाक्ष गर्दै स्रष्टा कोपिला कँडेलले ‘मलाई गरिब बन्नु छैन’ कविता समारोहमा सुनाइन् ।
‘देवकोटा मलाई गरिब बन्नु छैन
बरु हरिप बन्नु छ
मलाई कविता पनि लेख्नु छैन
कविता लेखेर के काम ?
न खान, न लाउन दिन्छ
न बस्ती दिन्छ
न मोजमस्ती दिन्छ
मलाई त नेता बन्नुछ
कर्मचारी बन्नुछ
भ्रष्टचारी बन्नुछ
गरिब, दुःखी, किसान, मजदुरको नारा लगाउँदै
बैवभशाली बन्नुछ...’
व्यङ्गमिश्रित रचनाबाट स्रष्टा कँडेलले राजनीतिका आडमा मौलाएको भ्रष्ट आचरणलाई झटारो हानेकी थिइन् । प्रतियोगितात्मक काव्य गोष्ठीमा सर्जकले छन्द र मुक्त शैलीका कविता सुनाएका थिए ।
कतिपय रचना महाकवि देवकोटाप्रति समर्पित थिए भने कतिपय समसामयिक मुद्दामा केन्द्रित ।
भिन्दाभिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे । रसिला र चोटिला कविताले दर्शकदीर्घाबाट वाहवाही पाए ।
साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले महाकवि देवकोटालाई नेपाली साहित्यका विराट र विलक्षण प्रतिभाका रुपमा लिए ।
“विभिन्न विधामा अमर कृति दिएर देवकोटाले नेपाली साहित्यलाई समृद्ध पार्नुभएको छ”, उनले भने,“उहाँका रचनामा पाइने मुख्य विशेषता भनेको संस्कृतका छन्द, लयात्मकता, झ्याउरे लोकगीत र क्रान्तिकारिता हो ।”
वरिष्ठ अधिवक्ता एवं इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले महाकवि देवकोटालाई समयको अगुवाका रुपमा चिनाए ।
“देवकोटालाई पढिएन र बुझिएन भने नेपाली साहित्यको अध्ययन पनि अपुरो हुन्छ”, उनले भने, “अहिलेको नयाँ पुस्ताले देवकोटाका कृति पढ्नु आवश्यक छ ।”
नेपाली जनजीवनका भोगाइलाई सरल र मिठासपूर्ण शैलीमा सम्प्रेषण गर्ने खुबीका कारण देवकोटा सर्वप्रिय बनेको श्रेष्ठले बताए । पुस्तकालयका सचिव राजनप्रसाद शर्माले काव्य गोष्ठीमा स्रष्टा शर्माको ‘लक्ष्मी’ कविता पहिलो बनेको जानकारी दिए ।
भीमप्रसाद शर्माको ‘नेपालका रवि’ले दोस्रो र कोपिला कँडेलको ‘मलाई गरिब बन्नु छैन’ कविताले तेस्रो स्थान पाएको थियो । विजेता सर्जकलाई पुरस्कार र प्रमाणपत्र दिइएको थियो । प्रतियोगितात्मक काव्य गोष्ठीमा दश जनाले भाग लिएका थिए ।
पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ । विसं २००३ मा खुलेको सो पुस्तकालयले स्थापनाको सुरुदेखि नै देवकोटा जयन्ती मनाउँदै आएको छ ।
विसं २०६२ मा देवकोटा जयन्ती संयोजन उपसमिति नै बनाएर जयन्तीलाई अझ व्यवस्थित पारिएको उपसमितिका संयोजक एवं साहित्यकार काजी रोशनले बताए । “महाकवि देवकोटा जयन्तीलाई विशिष्ट ढङ्गले मनाउँदै आएका छौँ”, उनले भने,“हरेक वर्ष प्रतियोगितात्मक काव्य गोष्ठी हुन्छ, महाकविमाथि परिचर्चा र विमर्श हुन्छ ।” रासस
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री भएर आएपछि संस्थानको व्यवस्थापन फेरियो । लमजुङतिरका ल्याङल्याङे कांग्रेसी सज्जनलाई विस्थापित गरी माओवादी निकटका क्रान्तिकारी सज्जन कार्यकारी प्रमुख भएर आए । ...
म्याग्दीका साहित्यकार कृष्ण बानियाँको संस्करण कृति ‘विसङ्गत अभिरुचि’ सार्वजनिक गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित सो कृतिको शनिबार बेनी बजारमा आयोजित समारोहमा साहित्यकार एवं रत्न श्रेष्ठ पुर...
बिहान आरीबाट खन्याएसरी मुसलधारे झरी पर्यो । बिहानको पानीले कुहिरो पूरै पन्छाएको छ । यतिखेर आकाश निख्खर निलो छ, आकाशमा सियो भएको भए पनि देखिएला जस्तो । बुकीको यो अग्लो फाँट, चिसो सिरेटो । फाँटैभरी छप...
सुगौली सन्धिमा गुमेका पश्चिम नेपालका ४ जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूभागलाई विक्रम संवत् १९१७ मा प्रधानमन्त्री श्री३ जंगबहादुर राणाले फिर्ता ल्याए । फिर्ता आएपछि नयाँ भूमिलाई ‘नयाँ मुलुक&...
नेपाल प्रज्ञा प्रतिष्ठानले समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशन गरेको छ । साहित्यकार तथा समालोचक प्रेमनारायण भुसालले तयार पारेको अनुसन्धानलाई प्रतिष्ठानले किताबका रूपमा प्रकाशन गरे...
पतञ्जलि योग सूत्रको नेपाली अनुवादको पुस्तक प्रकाशनमा आएको छ । कमलप्रसाद ढुंगानाद्वारा अनुवादित पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो । पुस्तकमा योग सूत्रको शाब्दिक अनुवाद र त्यसको व्याख्या गर्ने ...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...