भारतीय मूलका ऋषि सुनक मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राजा चार्ल्सले उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेसँगै उनले औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीका रुपमा आफ्नो काम थालेका हुन् । सुनकसामु अब राजनीतिक स्थिरता कायमै गर्दै अर्थतन्त्रमा सुधार ल्याउने चुनौती छ ।
यसैबीच सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पहिलो सार्वजनिक मन्तव्यमा उनले आर्थिक स्थायित्व पुनः स्थापना गर्ने र ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन् ।