![प्रतिनिधि सभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार कायम [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/election_commission_aNyyakT7MS.jpg)
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ । समानुपातिकतर्फको बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ लागि दुई हजार एक सय ९९ जना उम्मेदवार रहेका छन् । प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश १ मा ६ सय १६, मधेशमा ८ सय ६३, बागमतीमा ७ सय ५४, गण्डकीमा ३ सय ४४, लुम्बिनीमा ५ सय ७९, कर्णालीका लागि २ सय र सुदूरपश्चिम प्रदेशका लागि ३ सय ५२ उम्मेदवार छन् ।
सो समानुपातिकतर्फ दलले पेश गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिबाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५ सय ४८ जनाको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ । समानुपातिक प्रणालीतर्फ लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीमा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी ६ हजार ४ सय ५७ उम्मेदवार थिए ।