×

NIC ASIA

अघि–अघि ओनसरी, पछि–पछि मणिराम

कात्तिक ९, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाल सम्वत ११४३ का अवसरमा काठमाडौंको ऐतिहासिक एवं सांस्कृतिक नगरी साँखुमा बिहीवार न्हुँद समारोह समितिले र्‍याली आयोजना गरेको थियो । र्‍यालीमा ४ मंसिरको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–२ मा चुनावी मैदानमा उत्रिएका सत्ता गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती र एमाले उम्मेदवार मणिराम फुयाँल पनि निम्त्याइएका थिए । 

Muktinath Bank

साँखुस्थित शंकरापुर नगरपालिका कार्यालय परिसरमा र्‍यालीअघि चियापान चल्दै थियो । नेवारी पोशाकमा रहेकी पूर्वसभामुख घर्ती मतदातासँग परिचय र भलाकुसारी गर्दै थिइन् । एमाले उम्मेदवार फुयाँल नगरपालिका परिसरमा देखिए । स्थानीय माओवादी नेता वसन्त खनालले घर्तीलाई फुयाँल आएकोबारे जानकारी गराए । घर्ती फुयाँल भएतिर गइन्, दुवैले एकअर्काप्रति शिष्टाचारपूर्ण व्यवहार देखाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फुयाँलले आफूले केही अघिदेखि नै भेट्न चाहेको र संयोगले भेट भएकामा खुशी व्यक्त गरे । दुई प्रतिस्पर्धीबीच सौहार्द र मैत्रीपूर्ण वातावरणमा प्रतिस्पर्धा गर्ने सहमति भयो । दुवैले निर्वाचन प्रचारका क्रममा एकअर्काप्रति व्यक्तिगत रुपमा ओर्लिएर तल्लोस्तरको गालीलगौज र टिकाछिटप्पणी नगर्ने प्रतिबद्धता जनाए । 


Advertisment
Nabil box
Kumari

¥यालीमा पनि दुवै उम्मेदवार सहभागी भए । र्‍यालीले बजारको बाहिरी क्षेत्रबाट एक फन्को मार्‍यो । ओनसरी ब्यानर हातमा लिएर अगाडि अगाडि र मणिराम पछाडि–पछाडि हिँडे । र्‍यालीको बीच–बीचमा पनि उनीहरुबीच सामान्य कुराकानी भयो । सत्ता गठबन्धन र एमाले कार्यकर्ताले आफ्ना उम्मेदवारहरुबीचको सौहार्दतालाई नजिकबाट नियाले ।

Vianet communication

घर्ती संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधि सभाको सभामुख थिइन् । उनलाई सत्ता गठबन्धनले काठमाडौं–२ बाट उम्मेदवार बनाएको हो । फुयाँल ०७४ मा वाम गठबन्धनका तर्फबाट काठमाडौं– २(ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x