२४ जेठ २०८३, आइतबार

अघि–अघि ओनसरी, पछि–पछि मणिराम

कात्तिक ९, २०७९
अघि–अघि ओनसरी, पछि–पछि मणिराम

नेपाल सम्वत ११४३ का अवसरमा काठमाडौंको ऐतिहासिक एवं सांस्कृतिक नगरी साँखुमा बिहीवार न्हुँद समारोह समितिले र्‍याली आयोजना गरेको थियो । र्‍यालीमा ४ मंसिरको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–२ मा चुनावी मैदानमा उत्रिएका सत्ता गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती र एमाले उम्मेदवार मणिराम फुयाँल पनि निम्त्याइएका थिए । 

साँखुस्थित शंकरापुर नगरपालिका कार्यालय परिसरमा र्‍यालीअघि चियापान चल्दै थियो । नेवारी पोशाकमा रहेकी पूर्वसभामुख घर्ती मतदातासँग परिचय र भलाकुसारी गर्दै थिइन् । एमाले उम्मेदवार फुयाँल नगरपालिका परिसरमा देखिए । स्थानीय माओवादी नेता वसन्त खनालले घर्तीलाई फुयाँल आएकोबारे जानकारी गराए । घर्ती फुयाँल भएतिर गइन्, दुवैले एकअर्काप्रति शिष्टाचारपूर्ण व्यवहार देखाए । 

फुयाँलले आफूले केही अघिदेखि नै भेट्न चाहेको र संयोगले भेट भएकामा खुशी व्यक्त गरे । दुई प्रतिस्पर्धीबीच सौहार्द र मैत्रीपूर्ण वातावरणमा प्रतिस्पर्धा गर्ने सहमति भयो । दुवैले निर्वाचन प्रचारका क्रममा एकअर्काप्रति व्यक्तिगत रुपमा ओर्लिएर तल्लोस्तरको गालीलगौज र टिकाछिटप्पणी नगर्ने प्रतिबद्धता जनाए । 

¥यालीमा पनि दुवै उम्मेदवार सहभागी भए । र्‍यालीले बजारको बाहिरी क्षेत्रबाट एक फन्को मार्‍यो । ओनसरी ब्यानर हातमा लिएर अगाडि अगाडि र मणिराम पछाडि–पछाडि हिँडे । र्‍यालीको बीच–बीचमा पनि उनीहरुबीच सामान्य कुराकानी भयो । सत्ता गठबन्धन र एमाले कार्यकर्ताले आफ्ना उम्मेदवारहरुबीचको सौहार्दतालाई नजिकबाट नियाले ।

घर्ती संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधि सभाको सभामुख थिइन् । उनलाई सत्ता गठबन्धनले काठमाडौं–२ बाट उम्मेदवार बनाएको हो । फुयाँल ०७४ मा वाम गठबन्धनका तर्फबाट काठमाडौं– २(ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्