२८ जेठ २०८३, बिहीबार

पाल्पामा फस्टायो ढाकाको व्यापार

कात्तिक १०, २०७९
पाल्पामा फस्टायो ढाकाको व्यापार
प्रतिकात्मक तस्वीर

उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ ।

पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछ ।

विक्रम संवत् २०१५ सालमा तानसेनमा एउटा तानबाट शुरू भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो ।

‘पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला पुरुष, बालबालिका सबैका लागि थरिथरिका उत्पादन हुन थाले,’ तानसेनमा ढाकाको व्यापार गर्दै आएकी ज्ञानु कार्की भन्छिन्, ‘बच्चादेखि वृद्धसम्मलाई शिरदेखि पाउसम्मका सामग्री ढाकाबाट बन्ने गरेका छन् ।’ 

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार भित्रिएसँगै पाल्पाली ढाकाको व्यापार पनि बढेको छ । गत २ वर्ष कोरोना संक्रमणका कारण ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको हो । कोरोना संक्रमणदर कम भएसँगै तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइलाई ढाकाका सरसामान उपहार दिने प्रचलनले गर्दा ढाकाको व्यापार अन्य समयमा भन्दा बढी हुने गरेको हो ।

पाल्पाका मुख्य बजार तानसेन, रामपुरलगायत स्थानका ढाका पसलमा दाजुभाइका लागि ढाकाको टोपी, आस्कोट, टाइ, ब्याग र दिदीबहिनीका लागि पछ्यौरा सारी, कुर्ता सुरुवाल, झोला लगायतका उपहारका सरसामान किन्नेको भीड बढेको छ ।
 
तिहारमा टीका र मालाका साथ शिरमा ढाका टोपी लगाउँदा नेपालीपन झल्कने हुँदा ढाका टोपीको प्रयोग बढी हुने गर्दछ  । तिहारको दिन दाजुभाइले दिदीबहिनीलाई ढाकाका सारी, पछ्यौरा, झोला लगायतका सामग्री उपहार दिने प्रचलन रहेको तानसेन–२ का उमेश गैरे बताउँछन् । गैरे भन्छन्, ‘ढाकाका सामग्री हेर्दा राम्रो र पाल्पाको पहिचान भएकाले अन्य सामग्रीको सट्टा तुलनामा बढी उपहार दिने गर्दछौं ।’

salt training

कमेन्ट गर्नुहोस्