२५ जेठ २०८३, सोमबार

गह्रौंसुर मन्दिरमा ८ लाख भेटी संकलन

कात्तिक १०, २०७९
गह्रौंसुर मन्दिरमा ८ लाख भेटी संकलन
प्रतिकात्मक तस्वीर

स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित गह्रौंसुर कालिका मन्दिरमा बडादशैंको अवधिभरमा ८ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ ।

स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका–१० को संगमस्थलमा अवस्थित गह्रौंसुर मन्दिरमा बडादशैंको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा ८ लाख १६ हजार ४६० रुपैयाँ संकलन भएको गह्रौंसुर धार्मिक एवं पयर्टकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिए ।

कोषाध्यक्ष गुरुङका अनुसार मन्दिरमा चढाइएको भेटी, पाठाको टाउको बिक्री, परेवा बिक्री, टीका थाली, दान पेटिका, होटल, पसल, सहयोग रसिद शीर्षकमा भेटी संकलन भएको हो ।

बडादशैंको अवधिभर पूजा व्यवस्थापनका लागि २ लाख ७० हजार ८५ रुपैयाँ खर्च भएको उनले बताए । खर्च कटाएर बचत भएको ५ लाख ४६ हजार ३७५ रुपैयाँले मन्दिरमा पुजारीको पारिश्रमिक, लिफ्टिङ खानेपानी मर्मत, रंगरोगनका लागि खर्च गरिने छ । 

तत्कालीन बाइसे/चौबीसे राज्यअन्तर्गतको गह्रौंकोट राज्यका प्रथम राजा दशरथ खाणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्त्वको यस मन्दिर ५५० वर्ष पुरानो मानिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्