
साम्प्रदायिक दंगाको स्थिति उत्पन्न भएपछि महोत्तरीको भंगाहा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ ।
हिन्दू सेना सम्राट नेपाल र मुस्लिम समुदायका युवाबीचको झडपले उग्ररूप लिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।
तनावका कारण बिहीवार अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको छ ।
दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टी- १ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकको पुलसम्म कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।