![कालो पहिरनमा दीपिका पादुकोण [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/1108908-dp1_HNXCkuvTWH.jpg)
बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो फीटनेश र सौन्दर्यका कारण सधैं चर्चामा रहन्छिन् ।
उनको दिपावली मनाएपछिका केही तस्वीरहरू सार्वजनिक भएको छ ।
कालो पहिरनमा दीपिका निकै सुन्दर देखिएकी थिइन् । अभिनेत्रीले सेतो स्नीकर पनि लगाएकी थिइन् ।
दीपिका पछिल्लो पटक फिल्म ‘गेहरायाँ’ मा देखिएकी थिइन् ।
फिल्ममा अभिनेता सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डेले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् ।
दीपिका अर्को फिल्म ‘सर्कस’ मा देखिनेछिन् जसको निर्देशन रोहित शेट्टीले गर्दैछन् ।


