२३ जेठ २०८३, शनिबार

गोरखा–५ का वडाध्यक्ष रानाको मृत्यु

कात्तिक ११, २०७९
गोरखा–५ का वडाध्यक्ष रानाको मृत्यु

गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । 

नगरपालिका प्रमुख कृष्णबहादुर राना मगरका अनुसार बिहीवार रानाको निधन भएको हो ।

वडाध्यक्ष राना आफ्नै घरमा बेहोस अवस्थामा भेटिएपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । 

घरमा एक्लै रहेका राना कुन बेलादेखि बेहोस थिए भन्ने थाहा नभएको र मृत्युको कारण अहिलेसम्म नखुलेको  नगरप्रमुख रानाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्