२३ असार २०८३, मंगलबार

उत्तर कोरियाले आज पनि गर्‍यो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

कात्तिक ११, २०७९
उत्तर कोरियाले आज पनि गर्‍यो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले शुक्रवार छोटो दूरीका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । 

किम जोङ उनले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहँदा कुनै पनि बेलामा आणविक परीक्षण गर्न सक्ने चेतावनी अमेरिका र दक्षिण कोरियाले दिएका छन् । 

दक्षिण र अमेरिकाले १२ दिनको उभयचर जलसेना संयुक्त अभ्यास पूरा गरेलगत्तै उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको हो । सोमवारदेखि दुई देशले संयुक्त वायुसैन्य अभ्यास पनि गर्दैछन् । त्यसमा २०० भन्दा बढी अमेरिकी र दक्षिण कोरियाली लडाकू विमान संलग्न रहनेछन् । 

यस्ता अभ्यासले प्योङयाङलाई आक्रोशित बनाउने गर्छ । आफूमाथि आक्रमणका लागि तयारी गरिएको भनी उत्तरले उक्त संयुक्त सैन्य अभ्यासलाई लिने गरेको छ । अमेरिकी आक्रामकताका विरुद्ध आवश्यक प्रतिकारका लागि क्षेप्यास्त्र प्रक्षेपण गरिरहेको उत्तरको भनाइ छ ।

गाङवोनमा रहेको टोङचोन क्षेत्रबाट दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको आफूले पत्ता लगाएको दक्षिण कोरियाली सेनाले जनाएको छ । त्यो ठाउँ उत्तर कोरियाको पूर्वी किनारमा पर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्