०५ साउन २०८३, मंगलबार

सञ्जु बाबाकी सालीले माधुरी दीक्षितलाई ‘घर भँडुवा’को आरोप लगाएपछि...

कात्तिक १२, २०७९
सञ्जु बाबाकी सालीले माधुरी दीक्षितलाई ‘घर भँडुवा’को आरोप लगाएपछि...

सञ्जय दत्त (सञ्जु बाबा) बलिउडका एक यस्ता अभिनेता हुन् जसको ‘अफेयर’का धेरै किस्सा सुनिन्छन् । अहिले सञ्जु बाबा आफ्नी श्रीमती मान्यता दत्त र सन्तानसँग खुसीको जीवन बिताइरहेका छन् । तर, एक समय थियो जब उनको प्रेम जीवनका कथाहरू चर्चामा थिए । 

सञ्जु बाबाको जीवनमा धेरै उतारचढाव आए । चलचित्र ‘खलनायक’ को समयमा पनि यस्तै भएको थियो । फिल्मको सुटिङका क्रममा सञ्जयको व्यक्तिगत जीवनमा निकै हलचल आएको थियो । बिरामी पत्नी ऋचा शर्मा विदेशमा उपचार गराइरहेकी थिइन् । मुम्बईमा पनि अवस्था राम्रो चलिरहेको थिएन । समग्रमा सञ्जय तनावमा थिए । यस्तो अवस्थामा यो फिल्ममा काम गर्दा माधुरी दीक्षितको साथ मिल्यो । उनीहरूको निकटताको निकै चर्चा भएको थियो । त्यतिबेलाका पत्रिकाहरू सञ्जय र माधुरीको ‘कथित अफेयर’को खबरले रंगिन थालेका थिए । यसको प्रत्यक्ष असर उनको परिवारमा परेको थियो ।

भनिन्छ कि माधुरी दीक्षित त्यो अवधिमा सञ्जय दत्तको समर्थन पाएकोमा धेरै खुसी थिइन् । प्रत्येक अन्तरवार्तामा माधुरी, ‘सञ्जु बाबा’को बारेमा राम्रो कुरा मात्र बोल्ने गर्दथिन् र उनलाई आफ्नो मनपर्ने को–स्टार पनि बताउँथिन्। माधुरी दीक्षित र सञ्जय दत्तको अफेयरको चर्चा सञ्जय दत्तकी श्रीमती ऋचा शर्माको कानमा पुगेपछि उनी उपचार बीचमा छाडेर आफ्नो परिवार बचाउन अमेरिकाबाट मुम्बई फर्केकी थिइन् । 

ऋचासँग सञ्जयको नराम्रो व्यवहार 

ऋचा शर्मा मुम्बई आउँदा सञ्जय दत्तले उनको कुरामा ध्यान दिएनन् । यति मात्र होइन, उनी श्रीमती र छोरी त्रिशालालाई लिन एयरपोर्ट पनि नगएको लेखक–पत्रकार यासिर उस्मानको पुस्तक ‘सञ्जय दत्तः द क्रेजी अनटोल्ड स्टोरी अफ बलिउड ब्याड ब्वाय’ मा उल्लेख छ । सञ्जयले माधुरीसँग बिहे गर्ने खबर पनि आएको थियो । किताबमा यो पनि उल्लेख छ कि ऋचाले सञ्जयलाई सोधेकी थिइन्, ‘के तिमी मसँग डिभोर्स गर्न लागेका छाैँ, तब सञ्जयले स्पष्टसँग भनेका थिए, ‘होइन’ । 

जब ऋचाले ज्यान गुमाइन्

रोचक कुरा के छ भने सञ्जयले ऋचा शर्मासँग विवाह गर्न निकै प्रयास गरेका थिए । तर, सञ्जय दत्तले माधुरी दीक्षितसँगको निकटताको खबरलाई अस्वीकार गरेका थिए । ऋचाको बिमारी बढ्दै गएपछि उपचारको लागि अमेरिका गइन् र यसैक्रममा सञ्जय जेलमा परेपछि ऋचाको अवस्था बिग्रियो र अन्ततः १० डिसेम्बर १९९६ मा उनको मृत्यु भयो ।

ऋचाकी बहिनीको माधुरीमाथि गम्भीर आरोप 

ऋचा शर्माकी बहिनी अन्ना शर्माले पनि माधुरी दीक्षितलाई ‘हाउस ब्रेकर’ अर्थात् ‘घर भँडुवा’ भनेकी थिइन् । सिनेब्लिट्ज म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले माधुरीमाथि गम्भीर आरोप लगाएकी थिइन् । उनले अन्तरवार्तामा भनेकी थिइन्, ‘माधुरी मानिस होइन, ढुंगाको मुटु हो, उसले जुनसुकै मानिस भेट्टाउने भए पनि मेरी बहिनीसँग दुव्यर्वहार गर्ने त्यस्तो मानिससँग कसरी जान सक्छे ।’

salt training

कमेन्ट गर्नुहोस्