×

NMB BANK
NIC ASIA

सञ्जु बाबाकी सालीले माधुरी दीक्षितलाई ‘घर भँडुवा’को आरोप लगाएपछि...

कात्तिक १२, २०७९

NTC
Premier Steels

सञ्जय दत्त (सञ्जु बाबा) बलिउडका एक यस्ता अभिनेता हुन् जसको ‘अफेयर’का धेरै किस्सा सुनिन्छन् । अहिले सञ्जु बाबा आफ्नी श्रीमती मान्यता दत्त र सन्तानसँग खुसीको जीवन बिताइरहेका छन् । तर, एक समय थियो जब उनको प्रेम जीवनका कथाहरू चर्चामा थिए । 

Muktinath Bank

सञ्जु बाबाको जीवनमा धेरै उतारचढाव आए । चलचित्र ‘खलनायक’ को समयमा पनि यस्तै भएको थियो । फिल्मको सुटिङका क्रममा सञ्जयको व्यक्तिगत जीवनमा निकै हलचल आएको थियो । बिरामी पत्नी ऋचा शर्मा विदेशमा उपचार गराइरहेकी थिइन् । मुम्बईमा पनि अवस्था राम्रो चलिरहेको थिएन । समग्रमा सञ्जय तनावमा थिए । यस्तो अवस्थामा यो फिल्ममा काम गर्दा माधुरी दीक्षितको साथ मिल्यो । उनीहरूको निकटताको निकै चर्चा भएको थियो । त्यतिबेलाका पत्रिकाहरू सञ्जय र माधुरीको ‘कथित अफेयर’को खबरले रंगिन थालेका थिए । यसको प्रत्यक्ष असर उनको परिवारमा परेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भनिन्छ कि माधुरी दीक्षित त्यो अवधिमा सञ्जय दत्तको समर्थन पाएकोमा धेरै खुसी थिइन् । प्रत्येक अन्तरवार्तामा माधुरी, ‘सञ्जु बाबा’को बारेमा राम्रो कुरा मात्र बोल्ने गर्दथिन् र उनलाई आफ्नो मनपर्ने को–स्टार पनि बताउँथिन्। माधुरी दीक्षित र सञ्जय दत्तको अफेयरको चर्चा सञ्जय दत्तकी श्रीमती ऋचा शर्माको कानमा पुगेपछि उनी उपचार बीचमा छाडेर आफ्नो परिवार बचाउन अमेरिकाबाट मुम्बई फर्केकी थिइन् । 


Advertisment
Nabil box
Kumari

ऋचासँग सञ्जयको नराम्रो व्यवहार 

Vianet communication

ऋचा शर्मा मुम्बई आउँदा सञ्जय दत्तले उनको कुरामा ध्यान दिएनन् । यति मात्र होइन, उनी श्रीमती र छोरी त्रिशालालाई लिन एयरपोर्ट पनि नगएको लेखक–पत्रकार यासिर उस्मानको पुस्तक ‘सञ्जय दत्तः द क्रेजी अनटोल्ड स्टोरी अफ बलिउड ब्याड ब्वाय’ मा उल्लेख छ । सञ्जयले माधुरीसँग बिहे गर्ने खबर पनि आएको थियो । किताबमा यो पनि उल्लेख छ कि ऋचाले सञ्जयलाई सोधेकी थिइन्, ‘के तिमी मसँग डिभोर्स गर्न लागेका छाैँ, तब सञ्जयले स्पष्टसँग भनेका थिए, ‘होइन’ । 

जब ऋचाले ज्यान गुमाइन्

रोचक कुरा के छ भने सञ्जयले ऋचा शर्मासँग विवाह गर्न निकै प्रयास गरेका थिए । तर, सञ्जय दत्तले माधुरी दीक्षितसँगको निकटताको खबरलाई अस्वीकार गरेका थिए । ऋचाको बिमारी बढ्दै गएपछि उपचारको लागि अमेरिका गइन् र यसैक्रममा सञ्जय जेलमा परेपछि ऋचाको अवस्था बिग्रियो र अन्ततः १० डिसेम्बर १९९६ मा उनको मृत्यु भयो ।

ऋचाकी बहिनीको माधुरीमाथि गम्भीर आरोप 

ऋचा शर्माकी बहिनी अन्ना शर्माले पनि माधुरी दीक्षितलाई ‘हाउस ब्रेकर’ अर्थात् ‘घर भँडुवा’ भनेकी थिइन् । सिनेब्लिट्ज म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले माधुरीमाथि गम्भीर आरोप लगाएकी थिइन् । उनले अन्तरवार्तामा भनेकी थिइन्, ‘माधुरी मानिस होइन, ढुंगाको मुटु हो, उसले जुनसुकै मानिस भेट्टाउने भए पनि मेरी बहिनीसँग दुव्यर्वहार गर्ने त्यस्तो मानिससँग कसरी जान सक्छे ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x