२३ जेठ २०८३, शनिबार

भंगाहाको कर्फ्यु हट्यो

कात्तिक १२, २०७९
भंगाहाको कर्फ्यु हट्यो

अवस्था सामान्य बन्दै गएपछि महोत्तरीको भंगाहा नगरपालिका–८ पररियाटोलमा लगाइएको कर्फ्यु हटेको छ । दुई समूदायबीचको विवादका कारण बिहीबारदेखि सो स्थानमा कर्फ्यु लगाइएको थियो । 

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले अवस्था सामान्य भएपछि गएराति १० बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए ।

कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। यससम्बन्धमा शुक्रबार ८ बुँदे सहमति भएको थियो गृह मन्त्रालयले एक छानबिन समिति समेत बनाएको छ।  

salt training

कमेन्ट गर्नुहोस्