२२ जेठ २०८३, शुक्रबार

मोटरसाइकल दुर्घटनामा घाइते थापालाई हेलिकप्टरबाट काठमाडौं लगियो

कात्तिक १२, २०७९
मोटरसाइकल दुर्घटनामा घाइते थापालाई हेलिकप्टरबाट काठमाडौं लगियो
प्रतिकात्मक तस्वीर

मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलाको उपचारका लागि शनिवार हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको छ । 

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी २९ वर्षीय रेणु थापालाई हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं लगिएको हो ।

मोटरसाइकलमा सवार हुँदा सल चक्कामा बेरिएर दुर्घटना हुँदा बायाँ हातको पाखुरा भाँचिएको थियो । 

भाँचिएको हात जडान हुनसक्ने दमौली अस्पतालका चिकित्सकले बताएपछि घाइते महिलालाई काठमाडौं लगिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्