२५ जेठ २०८३, सोमबार

भारतीय पक्षका कारण बालकको मुत्युबारे ओलीको प्रश्न : देउवाको मौनता कहिलेसम्म ?

भीम रावलले भने – परराष्ट्र मन्त्रालयको घाँटी कसले अँठ्यायो ?
कात्तिक १२, २०७९
भारतीय पक्षका कारण बालकको मुत्युबारे ओलीको प्रश्न : देउवाको मौनता कहिलेसम्म ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाका पवन महरा मृत्युको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । 

शनिवार फेसबूक स्ट्याटस लेख्दै ओलीले घटनामा संलग्नलाई कारबाहीको माग पनि गरेका छन् । 

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा पूर्व जानकारी नगराई विष्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर १४ वर्षीया बालक महराको ज्यान गएको थियो । 

ओलीले भनेका छन्, ‘दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरासहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु ।’

ओलीले गत वर्ष भारतीय पक्षले तुइँन काटेर जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवा अहिलेको पनि मौन रहेको भन्दै प्रश्न गरेका छन् ।

‘तुइँन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’ ओलीले भनेका छन् । 

नेकपा एमालेका अर्का नेता भीम रावलले सीमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालयको मौनताबारे प्रश्न उठाएका छन् । उनले शनिबार ट्वीटरमा लेखेका छन्, ‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइँन खुस्काई महाकालीमा बगाएको १ वर्ष बित्दाबित्दै सडक निर्माणमा गरेको विष्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद निधन भएको छ । १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । सीमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? घाँटी कसले अँठ्यायो ?’

salt training

कमेन्ट गर्नुहोस्