०१ असार २०८३, सोमबार

वनभोज खान गएका २ किशोर भेरी नदीमा बेपत्ता

कात्तिक १२, २०७९
वनभोज खान गएका २ किशोर भेरी नदीमा बेपत्ता
प्रतिकात्मक तस्वीर

सुर्खेतमा वनभोज खान गएका २ किशोर भेरी नदीमा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा उनीहरू बगेर बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै वनभोज खान गएको थियो ।

बेपत्ता खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्