२२ जेठ २०८३, शुक्रबार

दुईपाङग्रे सवारीमा साना बाल–बालिकालाई सुरक्षित तवरले चढाउन ट्राफिक प्रहरीको अनुरोध

कात्तिक १२, २०७९
दुईपाङग्रे सवारीमा साना बाल–बालिकालाई सुरक्षित तवरले चढाउन ट्राफिक प्रहरीको अनुरोध

दुईपांग्रे सवारी साधनमा साना बाल–बालिकालाई असुरक्षित तवरले नचढाउन सम्बन्धित चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । 

तीव्र गतिमा गुडेका दुईपाङग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरु उल्लेखित रुपमा दुर्घटनाको शिकार हुने क्रम बढ्दो रुपमा रहेकाले दुर्घटना न्युनीकरणका लागि अनुरोध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले बताए ।     सुरक्षित तवरले सवारी साधन संचालन गर्दै दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा ट्राफिक प्रहरीको रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्