०४ असार २०८३, बिहीबार

एकैदिन एक हजारले घट्यो सुनको मूल्य

कात्तिक १३, २०७९
एकैदिन एक हजारले घट्यो सुनको मूल्य

साताको पहिलो दिन आज (आइतवार) नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँको गिरावट आएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार (कात्तिक ७ गते) यस्तो सुनको मूल्य ९४ हजार रुपैयाँ रहेको थियो । 

तिहार बिदामा कारोबार बन्द भएको सुन तिहार सकिएलगत्तै पुन: कारोबारमा आएको हो । 

यस दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य १ हजार २१५ रुपैयाँ रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्