०५ साउन २०८३, मंगलबार

गठबन्धन सरकारले विकास ‘होलीडे’ मनायो, अब जरैदेखी उखेलेर फाल्नुपर्छ : महेश बस्नेत

कात्तिक १३, २०७९
गठबन्धन सरकारले विकास ‘होलीडे’ मनायो, अब जरैदेखी उखेलेर फाल्नुपर्छ : महेश बस्नेत

नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको ‘होलीडे’ मनाएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । एमाले सूर्यविनायक नगरकमिटी वडा नं. ५ ले आइतवार आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासन्मुख राष्ट्रको रुपमा स्थापित गराएको स्मरण गराए । 

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारवारसमेत रहेका बस्नेतले ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकासित बनाउने अभियान चलाएता पनि वर्तमान गठबन्धन सरकारले विकासको बिदा मनाइरहेको दाबी गरे । जनचाहनालाई लत्याउँदै विकासको बजेट कटौती गरी विकासलाई रोक्ने गठबन्धन सरकारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले जनमत नदिएर सधैंको लागि बिदा गर्ने दाबी गरे । मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उनले उक्त सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने दाबी गरे । 

निर्वाचनमा एमालेको प्रतिष्पर्धी कुनै पनि पार्टी नभएको उल्लेख गर्दै उनले एमालेले चुनाव लड्नको लागि नभई जितको औपचारिक घोषणाको लागि मात्र मंसिर ४ गते पर्खिएको उल्लेख गरे । एमाले नेतृत्वको सरकारको पालामा राष्ट्रियताको सवालमा विश्वलाई नेपालको शिर उँचो बनाएको स्मरण गराउँदै उनले ओली नेतृत्वको सरकारले लिपुलेक, लिपिम्याधुरा र कालापानीसहितको चुच्चे नक्सालाई अहिलेको सरकारले बुच्चे बनाएको आरोप लगाए । 

वर्तमान सरकारले एमसीसी, एसपीपी, राष्ट्रघाती नागरिकता विधेयक ल्याई मुलुकलाई सयौं वर्ष पछि धकेल्ने मात्र नभई शक्ति राष्ट्रहरूको खेल मैदानको रुपमा लैजान खोजेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा राष्ट्रघातीलाई चोट तथा राष्ट्रवादी एमालेलाई जनताले भोट दिनुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्