०४ असार २०८३, बिहीबार

इराकको बग्दादमा पेट्रोल ट्यांकर विस्फोट हुँदा ९ जनाको मृत्यु

कात्तिक १३, २०७९
इराकको बग्दादमा पेट्रोल ट्यांकर विस्फोट हुँदा ९ जनाको मृत्यु

इराकको राजधानी बग्दादमा पेट्रोल बोकेको ट्यांकर विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । 

घटना एउटा फूटबल मैदान नजिक भएको हो । ट्यांकरका टुक्राहरूले भुइँ तथा आवासीय भवनलाई छियाछिया पारेको थियो । 

प्राविधिक गडबडीका कारण विस्फोट भएको हो कि यो लक्षित आक्रमण हो भनी स्पष्ट नरहेको स्थानीय सुरक्षा अधिकारीहरूले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्