×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

काठमाडौं- २ की कान्छी उम्मेदवार : घण्टी बजाउँदै चुनावी घरदैलोमा सोविता [भिडियो]

कात्तिक १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रवार काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा पुग्दा २७ वर्षीया सोविता गौतमको टीम चुनावी घरदैलोमा व्यस्त थियो ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट लिई प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी गौतम घण्टी बजाएर स्थानीयसँग भोट मागिरहेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

अधिवक्ता र सञ्चारकर्मीको रूपमा काम गर्दै आएकी गौतम पुराना पार्टीका स्थापित नेतालाई विस्थापित गर्ने भन्दै चुनावी मैदानमा छिन् ।

Vianet communication
Laxmi Bank

ठूला पार्टीका नेताले राजनीतिमा विकृति सिर्जना गरेको तर्कसहित मतदाताको बीचमा पुगेकी उनी एकपटक आफूलाई मौका दिन आग्रह गरिरहेकी थिइन् । 

'३०औं-४०औं वर्ष पुराना पार्टीलाई हेरियो, तर जनताको आकांक्षा पूरा गर्न सकेनन् । अब नयाँ पुस्तालाई एकचोटि हेरौं भन्ने आममतदाताको आवाज मैले पाएको छु,' सोविताले लोकान्तरसँग भनिन् ।

हारजीत जे भए पनि आफू राजनीतिमै सक्रिय रहने उनको जिकिर छ ।

'जिते पनि, हारे पनि म यो प्ल्याटफर्म छाडेर कतै जाने छैन । निरन्तर यसैमा सक्रिय रहनेछु,' उनले भनिन्, 'समाजको निम्ति, राष्ट्रको निम्ति निरन्तर आवाज उठाइरहनेछु । युवा पुस्ताको प्रतिनिधित्व गरिरहनेछु । समाजका मुद्दालाई सदनसम्म पुर्‍याउन भूमिका खेल्नेछु ।'

चुनाव निकै महंगो भइसकेको अनुभव बाँड्दै गर्दै उनले नागरिकहरूले सचेत भएर मतदान गर्ने विश्वास व्यक्त गरिन् । 'मतदाता सचेत भइसक्नुभएको छ । मत हाल्दा विवेक प्रयोग गर्नुहुनेछ,' आशा व्यक्त गर्दै गौतमले भनिन्, 'पुराना पार्टीका नेताले जति प्रभावित पार्न खोजे पनि मतदाताले विवेक प्रयोग गर्ने अपेक्षा छ ।'

उनले आफ्नो पुस्ताका युवाको भविष्यका लागि राजनीतिमा आएको बताइन् ।

'राजनीतिमा इमान्दारिता हुनुपर्छ, जुन ममा छ । मैले मेरो पुस्ताका लागि राजनीति गरेको हुँ । मेरो पुस्ताले यो देशमा आशा देखिरहेका छैन । मेरो पुस्तालाई आशा देखाउन म राजनीतिमा आएकी हुँ । म उहाँहरूलाई देशमै बस्ने वातावरण बनाउन राजनीतिमा होमिएकी छु,' गौतमले भनिन् ।

हेर्नुहोस्,थप भिडियोमा :

काठमाडौं– २ मा सत्ता गठबन्धनले पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ । एमालेबाट मणिराम फुँयाल उम्मेदवार छन् ।

अघिल्लो स्थानीय तह चुनावका बेला राष्ट्रिय स्वतन्त्र पार्टी गठन नै नभएकाले उक्त पार्टीको मत कति छ भनेर अनुमान गर्न गाह्रो छ ।

स्थानीय तहको मत हिसाब गर्दा गठबन्धनमा रहेका दलहरूको मत एमालेको भन्दा बढी हुन आउँछ । एकल मतको हिसाबले भने काठमाडौं– २ मा एमाले पहिलो पार्टी हो ।

गत वैशाखको चुनावमा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२८, एकीकृत समाजवादीले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र माओवादी केन्द्रले ३ हजार १३१ मत ल्याएका थिए ।     

हेर्नुहोस्, सोविताको चुनावी घरदैलोका थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x