२८ असार २०८३, आइतबार

प्रधानमन्त्रीको गृहजिल्लामा उपचार नपाएर सुत्केरीको मृत्यु

कात्तिक २०, २०७४
प्रधानमन्त्रीको गृहजिल्लामा उपचार नपाएर सुत्केरीको मृत्यु

डडेल्धुरा, २४ साउन– प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा उपचार नपाउँदा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको हो ।

आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पुर्याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।

परशुराम नगरपालिका वडा नं ६ घर भएकी पुष्पालाई सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसकेपछि सुत्केरी व्यथा बढिरहेको अवस्थामा धनगढी सिफारिस गरी पठाएको जोगबुढा अस्पतालले जनाएको छ । पुष्पाको धनगढी नपुग्दै बाटोमा नै मृत्यु भएको उनका आफन्तको भनाइ छ ।

पुष्पालाई आइतबार बेलुकादेखि नै सुत्केरी व्यथा लाग्दा जोगबुढा अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरी व्यथा बढेसँगै उनलाई जोगबुढा अस्पतालले आफूले उपचार गर्न नसक्ने भन्दै सिफारिस गरी पठाएकोे जनाएको छ ।

जोगबुढा अस्पतालको लापरबाहीका कारण समयमा उपचार हुन नपाउँदा पुष्पाको ज्यान गएको उनका आफन्तले आरोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्