०७ असार २०८३, आइतबार

कराते टोली भारत प्रस्थान

कात्तिक १३, २०७९
कराते टोली भारत प्रस्थान

एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय गोल्फुटार डोजोका खेलाडी भारतको गोवा प्रस्थान गरेको छ ।

नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा सनम बोहरा, दशरथ तामाङ, लक्ष्मण तामाङ, सुशान्त तामाङ, वृषा गुरुङ, प्राण्जली रिजाल, सम्झना चौलागाईं, प्राज्ना उपाध्याय, सौजन मधीकर्मी, एरिश शर्मा र राज तामाङ रहेको टोलीको सहभागिताका लागि समन्वयकर्ताको भूमिका निर्वाह गरेका करातेका सुमन तिमल्सिनाले जानकारी दिए।

टोली प्रमुखमा सुमन तामाङ, प्रशिक्षक तथा अफिसियलमा सरोज श्रेष्ठ, अफिसियलमा प्रेमलाल बोम्जन, सुरेन्द्रसिंह लामा, पृथ्वी बासुकला र विजयराम यान्डो रहेका छन् ।


टोलीलाई बूढानीलकण्ठ नगरपालिका वडा ८ का अध्यक्ष सुमन तामाङ, गोल्फुटार डोजाका सल्लाहकार जयराम थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

salt training

कमेन्ट गर्नुहोस्