०६ असार २०८३, शनिबार

छठ पर्वले मधेश, पहाड र हिमाल जोडेको छः यादव

कात्तिक १३, २०७९
छठ पर्वले मधेश, पहाड र हिमाल जोडेको छः यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्ध जोडेको बताएका छन् ।     सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका उनले आइतबार राजविराजस्थित विभिन्न पोखरीको छठ घाटहरुमा पुगेर देशको एकता एवम् समृद्धिको कामना गरेका हुन् ।

मधेशबाट मनाउन थालिएको छठ राष्ट्रिय पर्वको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्ध जोडेको छ, यो सम्पूर्ण नेपाली जनताको लागि खुशीको कुरा हो ।’
    मधेशबाट शुरु भएको छठ पर्व जस्तै जनता समाजवादी पार्टी देशैभरि फैलिएको बताउँदै उनले आगामी निर्वाचनमा जसपा समेत मधेश, पहाड र हिमालको साझा एवम् राष्ट्रिय पार्टी बन्ने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्