१७ असार २०८३, बुधबार

कलरिङ बुक लोकार्पण

कात्तिक १३, २०७९
कलरिङ बुक लोकार्पण

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा अभिव्यक्त गर्ने कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ लोकार्पण गरिएको छ । चिकित्सकहरू परिधि शर्मा र अर्पणा पाठककृत पुस्तक आइतबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरस्थित सिद्धिचरण हलमा सार्वजनिक गरियो ।  

समारोहमा प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, अतिथि तथा विशेष अतिथिहरू नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, वाग्मती प्रदेशका कला, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता सुरजचन्द्र लामिछाने, नीलहिरा समाज (ब्लु डायमन्ड सोसाइटी) की निर्देशक पिङ्की गुरुङ, मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसी, पुस्तकका सल्लाहकारहरू माल्भिका सुब्बा र लेक्स लिम्बुले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे । 

उनीहरूलाई सर्जकहरू डा. शर्मा र डा. पाठकले साथ दिएका थिए । कार्यक्रममा पुस्तकका सर्जकमध्ये एक एवम् दन्त चिकित्सक डा. परिधि शर्माले यस पुस्तकको अवधारणा कसरी बन्यो भन्नेबारे आफ्नो अनुभव साझा गरिन् । आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा चित्रकलासँग साथ छुटेको उनले बताइन् । कोरोना महामारीका कारण जारी लकडाउनको समयमा आफूभित्र रहेको चित्रकार फेरि प्रस्फुटित भएको उनको भनाइ छ ।  
समाज हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि गर्वका साथ कुनै विभेदबिना बाँच्न योग्य हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु नै यस पुस्तकको मूल उद्देश्य रहेको सर्जक शर्माको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्