०५ असार २०८३, शुक्रबार

के भएको हो कांग्रेस नेता कोइरालालाई ?

कात्तिक १३, २०७९
के भएको हो कांग्रेस नेता कोइरालालाई ?

नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।  चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत उनमा दिमाग (ब्रेन) मा रक्त प्रवाह कम भएको बताइएको छ । 

अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले कोइरालाको कोइरालाको ब्रेनमा रक्त प्रवाह कम भएको बताए ।  चिकित्सकीय भाषामा यसलाई टिआईए भनिन्छ । आत्तिनुपर्ने अवस्था नभएको भन्दै प्रधानले अन्य परीक्षण जारी रहेको जानकारी दिए ।  
अस्पतालको आकस्मिक कक्षसँगै रहेको ‘अब्जर्भेसन’ कक्षमा कोइरालालाई राखिएको छ ।आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहेका उनी आइतबार कार्यक्रममै बेहोस भएपछि अस्पताल लगिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्