१७ असार २०८३, बुधबार

भारतको गुजरातमा पुल भाँचिदा मृत्यु हुनेको संख्या ९१ पुग्यो, उद्दार जारी

कात्तिक १४, २०७९
भारतको गुजरातमा पुल भाँचिदा मृत्यु हुनेको संख्या ९१ पुग्यो, उद्दार जारी

भारतको गुजरातस्थित पुल भाँचिदा मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

मोर्बी शहरस्थित माचु नदीमा भएको पुल भाँचिदा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् ।

बिहानसम्ममा ९१ जनाको मृत्यु भएको पुष्टि भएको जी न्युजले जनाएको छ ।  

बीबीसीका अनुसार उक्त पुलमा दुर्घटना हुने बेला करिब ४ सय मानिसहरू त्यहाँ थिए । 

करिब एक शताब्दी पुरानो यो पुल पछिल्लो समय मर्मतपछि सर्वसाधारणका लागि खुला गरिएको केही दिनमै भाँचिएको बताइएको छ ।

गृहप्रान्त गुजरात रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन् ।

प्रधानमन्त्री राहत कोषबाट मृतकका आफन्तलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ ।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पनि दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्