०३ साउन २०८३, आइतबार

चर्चामा पशुपति शर्माको गीत ‘आफ्नो आफ्नो दुःख’

कात्तिक १४, २०७९
चर्चामा पशुपति शर्माको गीत ‘आफ्नो आफ्नो दुःख’

लोकगायक पशुपति शर्माको नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ यतिबेला चर्चित भइरहेको छ ।

गीत टिकटकमा निकै छाइरहेको छ भने युट्युबमा राम्रो भ्युज पाइरहेको छ । 

शनिवार सार्वजनिक गीतले सोमवार बिहानसम्म युट्युबमा ५ लाख ५० हजार भ्युज पार गरिसकेको छ ।

युट्युबको नेपाल ट्रेन्डिङमा म्युजिकतर्फ दोस्रो नम्बरमा छ अहिले यो गीत । 

समाजको नजिक रहेर यथार्थपरक, सन्देशमूलक गीत ल्याउँदै आएका र त्यसमा पनि हाँस्य–ब्यङग्य शैलीका गीतहरू बढी ल्याइरहेका पशुपतिको ‘आफ्नो आफ्नो दुःख’ भने मार्मिक छ ।

यस गीतमा आफैले कोरेका शब्दमा आफै संगीत भरेर एकल स्वर दिएका हुन् पशुपतिले । 

दुःखको गीत भएपनि शब्दसँगै संगीत मिठो भएकाले श्रोता दर्शकले निकै रुचाएका छन् । गीतको शब्दले छोएको श्रोता दर्शकको प्रतिक्रिया छ ।

‘मलाई पनि छ, उनलाई पनि छ 

आफ्नो आफ्नो दुःख त जूनलाई पनि छ’

योसँगै गीतका अन्य हरेक टुक्का पनि रुचाइएका छन् । हरेक टुक्कामा थुप्रै श्रोता/दर्शकले टिकटक बनाएका छन् ।

गीतको भिडियो भने कुनै तामझामबीना सामान्य बनाइएको छ । यसले के पनि सन्देश प्रवाह गरेको छ भने गीत राम्रो भए सामान्य भिडियोमा पनि चल्छ । भिडियोमा पशुपति स्वयं प्रस्तुत छन् । 

दुर्गा पौडेलले छायाँकन एवं निर्देशनको कार्यभार सम्हालेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । 

पशुपतिले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ८ मिनेटको उक्त गीत सार्वजनिक गरेका हुन् ।

नयाँ गीतले सफलता पाइरहँदा पशुपतिको आज जन्मदिन परेको छ । 

शुभचिन्तक एवं लोक संगीत प्रेमीले पशुपतिलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्